
मुम्बाई। बलिवुड अभिनेता सलमान खानलाई मंगलबार बिहान फेरि लरेन्स बिश्नोईको नाममा धम्की आएको छ।
मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान लिने धम्की दिइएको हो।
म्यासेजमा भनिएको छ ‘यदि सलमान खान बाँच्न चाहन्छन् भने हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नु पर्छ। हाम्रो गिरोह अझै सक्रिय छ।’
ज्यान मार्ने धम्कीपछि सिकन्दर फिल्मको सुटिङमा रहेका सलमान हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा फर्किएका छन्। अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ। अक्टोबरमा सलमानलाई दुई पटक धम्की आएको थियो।
काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...