पूर्वबडामहारानी रत्न शाहलाई निमोनिया, हाइ केयर युनिटमा उपचार हुँदै – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पूर्वबडामहारानी रत्न शाहलाई निमोनिया, हाइ केयर युनिटमा उपचार हुँदै

काठमाडौं। अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएकी पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहलाई हाइ केयरमा उपचार हुन थालेको छ।

उपचारका क्रममा उनलाई निमोनिया देखिएपछि हाइ कियर युनिटमा सारिएको हो। ९७ वर्षिया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार साँझ नर्भिक अस्पताल लगिएको थियो।

शाहको उपचारमा अस्पतालका कार्डियोलोजिस्ट डाक्टर यादव भट्टसहितको टोली खटिएको छ। परीक्षणको क्रममा उनलाई निमोनिया भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उल्लेख गर्दै उनको निजी सचिव शम्भु अधिकारीले बताए।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ। रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि नारायणहिटीकै पश्चिमी भागमा रहेको महेन्द्र मञ्जिलमै उनी बस्दै आएकी छन्।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक २०, १७: २६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ कार्तिक २०, १७: २६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८१ कार्तिक २०, १७: २६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...