
वासिङटन। अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प दोश्रो पटक विजयी भएका छन्।
ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र उक्रेनलाई संकेत गर्दै अब युद्ध नहुने बताएका हुन्।
उनले भने, ’धन्यवाद अमेरिकी जनतालाई! यो अमेरिकी जनताको जित हो। म तपाईंको परिवार र भविष्यका लागि लड्नेछु। यो अमेरिकाको ‘स्वर्ण युग’ हो। यो अमेरिकी जनताका लागि ठूलो विजय हो र यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्नेछौँ। यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वाचन हो। हामी अमेरिकाको भविष्यका लागि सँगै काम गर्नेछौं।’
उनले जनताले आफूलाई धेरै राम्रो बहुमत दिएको भन्दै सिनेटमा अकल्पनीय जित भएको जनाए।
उनले आफू अमेरिकाका लागि जे जति गर्न सक्ने हो, त्यही गर्ने भन्दै यति ठूलो जितको अपेक्षा कसैले पनि नगरेको बताए।
‘हाम्रो देशका सबै समस्याको समाधान हुनेछ। उपराष्ट्रपतिलाई पनि बधाई दिन चाहन्छु। अब हामी कुनै पनि युद्ध हुन दिनेछैनौँ। मैले देशको हरेक भागबाट समर्थन पाएको छु। अमेरिकामा घुसपैठ रोक्नेछौँ’ उनले भने।
आफ्ना समर्थकहरुलाई संवोधन गर्दै उनले भने, ‘हामी युद्ध अन्त्य गर्न चाहन्छौं। मेरो हरेक क्षण अमेरिकाका लागि हो। हामीले जे वाचा गर्छौं त्यो पूरा गर्छौं। देशलाई उज्ज्वल भविष्यतर्फ लैजान्छौँ। विगत ४ वर्षमा हामीलाई कुन कुराले विभाजित गर्यो बिर्सनुहोस्। म एलन मस्कलाई बधाई दिन्छु अद्भुत व्यक्ति हुन्। जुलाई १३ मा ममाथि घातक हमला भयो‚ भगवान्ले मेरो जीवन बचाउनुभयो।’
फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले भने ‘मेरो जीत हरेक अमेरिकीको जीत हो। सबै स्विङ स्टेट पनि हाम्रो साथमा छन्। हामी मिलेर अमेरिकाको भविष्यका लागि काम गर्ने छौँ। यो जीत ऐतिहासिक र अविश्वसनीय रह्यो। अमेरिकाले मलाई अभूतपूर्व जनादेश दियो।’
मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।
काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले...
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...
काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...