
काठमाडौं। काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलाको नाम फेरेर उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम ‘फिब्वः ख्यः’ राख्ने तयारी गरेको छ।
महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियानअन्र्तगत महानगरले नाम फेर्न लागेको मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले बताए।
उपत्यकाका नेवारी भाषी समुदायले भने माइतीघर मण्डलालाई ‘फिब्वःख्यः’ भन्ने गर्छन्। बालुवाको ढिस्कोलाई नेपाल भाषामा ‘फिब्व’ भनिन्छ। भद्रकालीमा रहेको सेनाको ब्यारेकभित्र नेवार समुदायले पुजाअर्चना गर्ने ‘फिब्वः अजिमा’को मन्दिर छ।
यही कारण माइतीघरलाई अजिमाको चौर भन्ने अर्थमा ‘फिब्वःख्यः’ भन्ने गरिन्छ। माइतीघर फिल्म निर्माणका बेला कार्यालय रहेका कारण यो ठाउँको चलनचल्तीको नाम माइतीघर रहन गएको इतिहास छ।
२०५७ मा भएको ११औंमा सार्क शिखर सम्मेलनका लागि माइतीघरमा मण्डला बनाइएको थियो। त्यहि बेलादेखि सो स्थानको नाम माइतीघर मण्डला रहन गएको पाइन्छ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...