काठमाडौं। अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी पराजयलाई स्विकार्दै समर्थकलाई सम्बोधन गरेकी छिन्।
आधा घण्टा छोटो सम्बोधनमा उनले आफूले चुनावी नतिजा स्विकार्दै शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने बताइन्।
‘यो दल र उम्मेदवारको पक्षको कुरा होइन। यो संविधान रक्षाको कुरा हो’, ह्यारिसले भनिन्।
आफूले विजेता ट्रम्पलाई फोन गरेर बधाई दिएको पनि कमलाले बताइन्। उनले आफूले मत हाल्ने, अभियानमा लाग्दा यो नतिजा नसोचेको भन्दै युद्धमा हारेको नभई युद्ध लम्बिएको बताइन्।
महिलाले आफ्नो शरीर के गर्नेमा अरूले होइन महिलाले नै निर्णय लिनुपर्ने पक्षमा बोल्दै कमलाले युद्ध सडकबाट अदालतसम्म जारी हुने बताइन्।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...