नेपालद्वारा कुवेतमाथि शानदार जित, कुवेत २२ रनमै अलआउट – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

नेपालद्वारा कुवेतमाथि शानदार जित, कुवेत २२ रनमै अलआउट

काठमाडौं। आईसीसी यू—१९ महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्ध शानदार जित हात पारेको छ।

यूएईको दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले १०८ रनले जित हात पार्यो।

कुवेतले १३ ओभरमा २२ रन बनाउँदा सबै विकेट गुमाएको हो। त्यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। खेल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ।

त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ।

सम्बन्धित समाचार

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८१ कार्तिक २२, १६: ०१

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...

चन्द्र भण्डारीको सभापतिमा उम्मेदवारी घोषणा
चन्द्र भण्डारीको सभापतिमा उम्मेदवारी घोषणा
  • २०८१ कार्तिक २२, १६: ०१

काठमाडौं।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०८१ कार्तिक २२, १६: ०१

काठमाडौँ : नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख...