नेपालद्वारा कुवेतमाथि शानदार जित, कुवेत २२ रनमै अलआउट – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

नेपालद्वारा कुवेतमाथि शानदार जित, कुवेत २२ रनमै अलआउट

काठमाडौं। आईसीसी यू—१९ महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्ध शानदार जित हात पारेको छ।

यूएईको दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले १०८ रनले जित हात पार्यो।

कुवेतले १३ ओभरमा २२ रन बनाउँदा सबै विकेट गुमाएको हो। त्यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। खेल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ।

त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ कार्तिक २२, १६: ०१

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ कार्तिक २२, १६: ०१

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ कार्तिक २२, १६: ०१

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...