पोखरा आएको डान्स क्लवको टोली सवार बस दुर्घटनाः रुखले जोगायो २४को ज्यान – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

पोखरा आएको डान्स क्लवको टोली सवार बस दुर्घटनाः रुखले जोगायो २४को ज्यान

पोखरा। पोखरा महानगरपालिका–२२ स्थित शान्ति स्तुपा नजिकै आज एउटा रिजर्भ बस दुर्घटना भएको छ।

बिहीबार दिउँसो करिब साढे १२ बजे पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको बस दुर्घटनामा परेको हो।

रा१ख २१०६ नं.को मिनी बसका चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउमा रहेको तिजुको रूखमा अड्किन पुगेको थियो।

बसमा सात महिला र १७ पुरुष गरी २४ जना यात्रु सवार थिए। तीमध्ये दुईजना घाइते भएका छन्।

घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका–४ की १७ वर्षिया सन्ध्या रसाइली र १९ वर्षिया मनीषा रसाइलीलाई नमस्ते अस्पताल बिरौटा ल्याइएको छ।

बसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ कार्तिक २२, १६: १३

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ कार्तिक २२, १६: १३

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ कार्तिक २२, १६: १३

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...