
विराटनगर। विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा २० जना
जुवाडेलाई प्रहरीले खालबाटै पक्राउ गरेको छ।
महानगरपालिका–६, भट्टिमोड बस्ने विशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जना पक्राउ परेका छन्। उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७१० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो।
यसैगरी कटहरी गाउँपालिका–२ स्थित प्रभुकुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत आठजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...