
काठमाडौं। जनताको जीउ धनको सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीका एक अधिकृतसहित दुई जना नै लुटपाट संलग्न भएको घटना वाहिरिएपछि नेपाल प्रहरीप्रति आम सर्वसाधरणले अविश्वास गर्न थालेका छन्।
उपत्यकाको अपराध अनुसन्धानमा खटिने प्रहरी नै लुटपाटमा संलग्न रहेको भेटिएपछि उपत्यकावासी प्रहरीप्रति थप शसंकित बनेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढा राजधानीको एक रेष्टुरेन्टमा लुटपाटको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेको घटनाले प्रहरी संगठनप्रति नै नकारात्मक सन्देश प्रवाह भएको छ।
असई पुन र जवान बुढाले कलंकीस्थित एक रेष्टुरेन्टमा लेदरको पैसा लुटपाट गरेको अनुसन्धानमा खुलेपछि कार्यालयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको जनाइएको छ।
कार्यालयको कीर्तिपुर प्रहरी वृत्तमा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो।
उनीहरुले पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका एक युवकलाई हत्कडी लगाउने जिम्मेवारी बिचौलियालाई नै दिएको समेत खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको समेत जनाइएको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...