
भरतपुर। चितवन जिल्लाको नारायणघाट – मुग्लिन सडक खण्डमा इलेक्ट्रिक हाइस र यात्रुबहाक बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा शुक्रबार बिहान तीन बजे मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किँदा ५ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) भेषराज रिजालअनुसार दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन्। मृतकमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरुङको पहिचान खुलेको छ।
चितवन मेडिकल कलेज र भरतपुर शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ। अन्य ३ मृतकहरूको पहिचान भने भइसकेको छैन।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...