
काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिकाका लेखा अधिकृत बिदुर गिरीले सम्झौता बमोजिम कार्य सम्पन्न गर्ने एक खानेपानी आयोजनाको उपभोक्ता समितिलाई रकम भुक्तानी दिन आलटाल गर्दै कमिसनको सौदाबाजी गरेपछि गाउँपालिका अध्यक्ष नै विवादमा मुछिएका छन्।
आर्थिक ऐन र सार्वजनिक खरिद ऐनको अपमुल्यन गर्दै स्थानीय सेवाग्राहीहरूलाई दुःख दिँदै आईरहेका वेथानचोक गापाका लेखा अधिकृत गिरीको संरक्षण गर्दा गाउँपालिका अध्यक्ष भगवान् अधिकारी आफै विवादमा तानिएका छन्।
गापाको वडा नं. २स्थित गोरेग्रह्रा मुल्डाँडा, डोलाखोला खानेपानी आयोजनाको उपभोक्ता समितिलाई सम्झौताअनुसारको रकम भुक्तानीमा आलटाल गर्ने काम लेखाअधिकृत गिरीले गरेका थिए।
सो खानेपानी आयोजनाको ७५ प्रतिशत उज्यालो नेपालको १५ प्रतिशत र वेथानचोक गाउँपालिकाको १० प्रतिशत लगानीमा सम्पन्न गर्ने गरि भएको सम्झौताअनुसारको उपभोक्तालाई दिनुपर्ने १० प्रतिशत रकम भुक्तानी माग गरिएपछि गिरीले विभिन्न बहानामा आलटाल गर्दै आएका थिए।
सो सम्बन्धमा स्थानीय समाजसेवी मछिन्द्रकुमार लामाले पटकपटक गाउँपालिका प्रमुखलाई प्रश्न उठाए पनि गिरीप्रति कुनै ‘एक्सन’ नलिएपछि गाउँपालिका अध्यक्ष अधिकारी विवादमा तानिएका हुन्।
सम्झौताअनुरुपको रकम दातृ निकायले समयमै उपभोक्ता समितिको खातामा जम्मा गरेपनि गाउँपालिकाले उपलब्ध नगराएपछि काममा ढिलाई समेत भएको थियो।
उपभोक्ता समितिले निर्धारित समयभित्रै काम सम्पन्न गरेपछि भएको दातृ निकायसँगको बैठकमा नै लेखा अधिकृत गिरीले उक्त १० प्रतिशत रकम उपलब्ध नगराउने भन्दै अवाञ्छित व्यवहार देखाएपछि दातृ निकायले गर्ने भनेको थप सहयोग रोकेको समेत समाजसेवी लामाले बताए।
दातृ संस्थाको प्रतिनिथि नोर्वट, गाउँपालिका अध्यक्ष अधिकारी, वडा नं २ का वडाध्यक्ष पुरूषोत्तम तिमल्सिना र प्रमुख प्रशासकिय अधिकृत सहितको संयुक्त बैठकमा दातृ संस्थाका प्रतिनिधि नोवर्टले गाउँपालिका अध्यक्षलाई उपभोक्तालाई १० प्रतिशत रकम दिए नदिएको बारेमा सोधे पनि लेखा अधिकृत गिरीले आफूले सम्झौता नमान्ने र उक्त रकम नदिने चेतावनी दिएका थिए।
सम्झौतामा हस्ताक्षर गरेका अध्यक्ष अधिकारी नै मौन रहनुले त्यहाँ कुनै अनियमितता भएको हुनसक्ने पनि आशंका स्थानीयले गरेका छन्।
गाउँपालिकाको कार्यकारी अधिकार पाएका अध्यक्ष अधिकारी नै मौन बस्नु असह्य भएपछि समाजसेवी लामाले लेखाअधिकृत गिरीविरुद्ध सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई विवादका रुपमा अगाडि नल्याउन गाउँपालिका अध्यक्षले आग्रह गरेका छन्।
समस्याको समाधान गर्नुपर्ने भूमिका विर्सिएर अध्यक्ष अधिकारीले लेखा अधिकृत गिरीको उक्साहटमा उल्टै केही स्थानीय र केही सञ्चारकर्मीविरुद्ध कानुनी कारबाहीको धम्कीसहितको विज्ञप्ति निकाले पछि थप विवादमा तानिएका हुन्।
त्यसअघि गिरीले सोही योजनाको प्राविधिक मुल्याङ्कन ठिक रहेता पनि विल भर्पाई नमिलेको भन्दै सबैजसो उपभोक्ता समितिको रकम काटिदिएको पीडितहरु बताउँछन्।
स्थानीय मछिन्द्र कुमार लामाले वडास्तरीय बजेटबाट सडक मर्मत सम्भार गर्न दुई २ लाख रुपैयाँको ढुङ्ढुङ्गे मुल्डाँडा उपभोक्ता समितिलाई पनि लेखा अधिकृत गिरीले २०००।– रुपैयाँ खातामा कम जम्मा गरिदिएको जनाए।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...