वाईडबडी ७२ दिनसम्म इटालीमा, अध्यक्ष अधिकारीले झुटो बोल्दा मन्त्री पाण्डे मौन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

वाईडबडी ७२ दिनसम्म इटालीमा, अध्यक्ष अधिकारीले झुटो बोल्दा मन्त्री पाण्डे मौन

काठमाडौं। नेपालमा पर्यटक आउने मुख्य सिजनको बेला नेपालको एक मात्र ध्वजावाहक वाईडबडी जहाजलाई दुई महिना बढी सिचेकको नाममा राखिँदा नेपाल बायुसेवा निगम सँधै घाटामा छ।

गत असार ८ गते विस्तृत मर्मत (सी–चेक) का लागि इटाली गएको नेपाल वायुसेवा निगम(नेवानि)को एउटा वाइडबडी जहाज ८२ दिनपछि गत भदौ २७ काठमाडौं फर्किएको थियो।

निगमको एयरवसको ए३३० को (एन एएलवाई अन्नपूर्ण) नामक जहाज ३० दिनमा फर्किनेगरी इटाली पुगेको थियो। तर, नेवानिको लापरवाहीले सि–चेकको क्रममा इटाली पुगाइएको जहाज फर्किन ८२ दिन लागेको थियो।

नेवानिको सोही प्रवृति अहिले पनि दोहोरिएको छ। सी–चेककै लागि भदौ १२ गते इटाली पठाइएको अर्को वाइडबडी (एन–एएजेड) पनि उतै अलपत्र परेको छ।

जहाज इटाली उडेको भोलिपल्टै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एक महिनाभित्र जहाज मर्मत भएर आउने जानकारी गराएका थिए ।

तर, आज ७२ दिन पुग्दा पनि २७४ सिट क्षमताको वाइडबडी जहाज फर्कने सुरसार छैन।

उनले समितिलाई जहाज मर्मतका लागि आवश्यक पार्टस्हरू पहिले नै अर्डर गरेर तयारी अवस्थामा राखिएको र जहाज छिटोभन्दा छिटो मर्मत हुने बताएका थिए । तर, अहिले आएर उनले समितिलाई झुक्याएको पुष्टि भएको छ।

उता जहाज मर्मत गर्ने मिति नाघिसक्दा पनि निगम व्यवस्थापनले कुनै चासो देखाएको छैन। उसले मर्मतको जिम्मा पाएको इटलीको एटिटेकलाई बिलम्ब गरेको भन्दै कुनै कारबाही गर्ने तयारी गरेको छैन।

पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे पनि मौन छन्। मर्मतको अवस्थाबारे बुझ्ने भन्दै नेवानिका कर्मचारीहरु धमाधम उता घुम्न गइरहेका छन्।

उतिबेला सि–चेकका लागि इटाली पठाइएको पहिलो जहाज नफर्कदै अर्को वाइडबडीलाई पनि उतै पठाएपछि निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो।

एकैपटक दुईवटा विमान सी–चेकका लागि पठाएको भन्दै स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका र सरकारकै असहयोग गरेका कारण निगमले राम्रोसँग काम गर्न नसकेको जवाफ दिएका थिए। तर, निगम नेतृत्वले नियामक निकाय उड्डयन प्राधिकरणसँग अनुमति नै नलिई जहाज इटाली पु¥याएको थियो ।

नेवानिले सी–चेकका लागि आव्हान गरेको टेण्डरमा चीनको ग्राण्ड चाइना एभिएसन र इटलीको एटिटेकले आवेदन दिएका थिए । ग्राण्ड चाइना एभिएसनले २० दिनमा र एटिटेकले ३० दिनमा जहाज सी–चेक गर्ने उल्लेख गरेका थिए । एटिटेकले ७ लाख ३४ हजार २५० र ग्राण्ड चाइना एभिएसनले ७ लाख ९८ हजार ५ सय अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

ग्राउन्ड चाइनाले २० दिनमै सी–चेक गर्ने भनेतापनि ३० दिन लगाउने अधिकारीको सेटिङ भएको एटिटेकलाई ठेक्का दिइएको थियो।

सी–चेक गर्न लाग्ने अवधिमा १० दिन कम हुँदा वाइडबडीले छिट्टै उडान भर्दा आम्दानी बढ्थ्यो भने, कम दूरीमा रहेको चिन जाँदा इन्धन पनि कम खर्च हुने जानकार बताउँछन्।

निगमका अध्यक्ष अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई समेत प्रभाव र दबाबमा राखेका कारण मन्त्री नै उनको क्रियकलापप्रति टिप्पणी गर्नु भन्दा नतमस्तक बन्ने गरेका छन्।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २३, १३: २२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २३, १३: २२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २३, १३: २२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...