मुम्बई। बलिउड अभिनेता सलमान खानलाई पुनः लरेन्स बिश्नोईको ग्याङबाट धम्कीपूर्ण सन्देश पठाउन थालिएको छ। मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सलमान खानका लागि धम्कीपूर्ण सन्देश आएको हो।
बिहीवार राति करिब १२ बजे पठाइएको उक्त सन्देशमा सलमान खान र लरेन्स बिश्नोईमाथि गीत लेख्नेलाई नछाडिने कुरा उल्लेख गरिएको छ।
‘एक महिना भित्र गीत लेख्नेलाई मारिने छ, गीत लेख्नेको हालत यस्तो हुनेछ, उसले आफ्ना नामले गीत लेख्न सक्ने छैन। यदि सलमानमा हिम्मत छ भने उनले गीतकारलाई बचाउन् ’ सन्देशमा लेखिएको छ।
यो प्रकरणमा मुम्बईको वर्ली प्रहरीले अज्ञात व्यक्तिविरुद्ध उजुरु दर्ता गरेको छ। प्रहरीले धम्की आएको नम्बरलाई ट्रेस गर्ने प्रयास गरिरहेको छ। यद्यपि, उक्त गीत कुन हो र कसले लेखेका हुन्, यसको जानकारी धम्कीपूर्ण सन्देशमा दिइएको छैन।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...