
मुम्बई। बलिउड अभिनेता सलमान खानलाई पुनः लरेन्स बिश्नोईको ग्याङबाट धम्कीपूर्ण सन्देश पठाउन थालिएको छ। मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सलमान खानका लागि धम्कीपूर्ण सन्देश आएको हो।
बिहीवार राति करिब १२ बजे पठाइएको उक्त सन्देशमा सलमान खान र लरेन्स बिश्नोईमाथि गीत लेख्नेलाई नछाडिने कुरा उल्लेख गरिएको छ।
‘एक महिना भित्र गीत लेख्नेलाई मारिने छ, गीत लेख्नेको हालत यस्तो हुनेछ, उसले आफ्ना नामले गीत लेख्न सक्ने छैन। यदि सलमानमा हिम्मत छ भने उनले गीतकारलाई बचाउन् ’ सन्देशमा लेखिएको छ।
यो प्रकरणमा मुम्बईको वर्ली प्रहरीले अज्ञात व्यक्तिविरुद्ध उजुरु दर्ता गरेको छ। प्रहरीले धम्की आएको नम्बरलाई ट्रेस गर्ने प्रयास गरिरहेको छ। यद्यपि, उक्त गीत कुन हो र कसले लेखेका हुन्, यसको जानकारी धम्कीपूर्ण सन्देशमा दिइएको छैन।
काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले...
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...
काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...