
काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) राजु अर्यालद्धारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ। गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ।
गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली, शिब शरण न्यौपाने, शिवराम भट्टलगायत कलाकारको अभिनय रहेको छ।
गीतलाई ओएस आर डिजिटल युटुब च्यानलले सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनय गरेका कलाकार आकाश श्रेष्ठ शसस्त्र प्रहरी निरिक्षकको भूमिकामा प्रस्तुत भएका छन्।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...