
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले शंकास्पद रूपमा भिजिट भिसामा संयुक्त अरव इमिरेट्सउ (युएई) र कुवेत पठाइन लागेका २० जना युवतीलाई फर्काइदिएको छ।
बिहीबार राति हिमालयन एयरलाइन्सको उडानबाट युएई र कुवेत जान विमानस्थल अध्यागमन कार्यालय पुगेका २० जना युवतीलाई फिर्ता गरेको कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले जानकारी दिए।
अध्यागमन कार्यालयले ती युवतीलाई मानव तस्करीका रूपमा खाडी मुलुक पठाउन लागेको आशंका गर्दै फिर्ता गरेको जनाएको छ। चार जना कुवेत र बाँकी १६ जना युएई जाने भनेर बोर्डिङ पास लिएर अध्यागमन पास लिन पुगेका थिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...