राजश्व अनुसन्धान र सशस्त्र प्रहरीको टोलीमाथि चिनी तस्करको आक्रमण – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

राजश्व अनुसन्धान र सशस्त्र प्रहरीको टोलीमाथि चिनी तस्करको आक्रमण

बुटवल। रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीमाथि तस्करहरूले ढुंगामुढा गरेका छन्।

अवैध रुपमा चिनी ल्याएर भण्डारण गरी राखेको सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझाना पुगेको संयुक्त टोलीमाथि उनीहरुले आक्रमण गरेका हुन्।

राजश्वको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवल लैजाने क्रममा स्थानीयको सहयोगमा तस्करहरूले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए।

ढुंगामुढाबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् भने गाडीमा समेत क्षति पुगेको छ।

रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २३, १५: ५०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २३, १५: ५०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २३, १५: ५०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...