
काठमाडौं। नेपाल र बेलायतको दोहोरो राहदानी प्रयोग गरिरहेकी सुनसरीकी एक महिलामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको छ।
बेलायतमा बसेर आभुषण (गहना) व्यवसाय गर्दै आएकी ती महिलाले दोहोरो नागरिकता र राहदानीको दुरुपयोग गरेकोबारे अनुसन्धान शुरु भएको हो।
बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएकी सुनसरीकी ५० वर्षीया लक्ष्मी राईमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो।
लक्ष्मीले नेपालको नागरिकता परित्याग नगरी बेलायती राहदानी प्रयोग गरेको खुलेपछि सिआईबीले अनुसन्धान सुरु गरेको स्रोतले जनाएको छ।
लक्ष्मीले बेलायतमा रहँदा राहदानीको दुरुपयोग गरेको सूचनापछि सिआईबीले अनुसन्धान सुरु गरेको जनाइएको छ।
हाल बेलायतमै रहेकी लक्ष्मी लण्डनस्थित दूतावासका एक कर्मचारीसँगको झगडामा जोडिएकी थिइन। राईकै कारणले ती कर्मचारीले घरकी श्रीमतीलाई कुटपिट गरेपछि एकरात प्रहरी हिरासतमा बसेका थिए। उनको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ।
सिआईबीले अनुसन्धान बढाइरहेको बेला नेपालका एक टेलिभिजनका पत्रकारले सिआईबीलाई अनुसन्धान अगाडि नबढाउन दबाब दिँदै आएको बुझिएको छ।
लक्ष्मीसँग दुवै देशको नागरिकता सक्रिय रहेको देखिएको छ। नेपालको कानुनअनुसार नेपाली नागरिकता त्याग नगरी दोस्रो मुलुकको पासपोर्ट प्रयोग गर्नु गैरकानुनी मानिन्छ।
काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा...
काठमाडौं : नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त भए । मंगलबार...
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...