नेपाल र बेलायतको राहदानी भएकीआभुषण व्यवसायी लक्ष्मी राईमाथि सिआईबीको छानबिन – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

नेपाल र बेलायतको राहदानी भएकीआभुषण व्यवसायी लक्ष्मी राईमाथि सिआईबीको छानबिन

काठमाडौं। नेपाल र बेलायतको दोहोरो राहदानी प्रयोग गरिरहेकी सुनसरीकी एक महिलामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको छ।

बेलायतमा बसेर आभुषण (गहना) व्यवसाय गर्दै आएकी ती महिलाले दोहोरो नागरिकता र राहदानीको दुरुपयोग गरेकोबारे अनुसन्धान शुरु भएको हो।

बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएकी सुनसरीकी ५० वर्षीया लक्ष्मी राईमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो।

लक्ष्मीले नेपालको नागरिकता परित्याग नगरी बेलायती राहदानी प्रयोग गरेको खुलेपछि सिआईबीले अनुसन्धान सुरु गरेको स्रोतले जनाएको छ।

लक्ष्मीले बेलायतमा रहँदा राहदानीको दुरुपयोग गरेको सूचनापछि सिआईबीले अनुसन्धान सुरु गरेको जनाइएको छ।

हाल बेलायतमै रहेकी लक्ष्मी लण्डनस्थित दूतावासका एक कर्मचारीसँगको झगडामा जोडिएकी थिइन। राईकै कारणले ती कर्मचारीले घरकी श्रीमतीलाई कुटपिट गरेपछि एकरात प्रहरी हिरासतमा बसेका थिए। उनको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ।

सिआईबीले अनुसन्धान बढाइरहेको बेला नेपालका एक टेलिभिजनका पत्रकारले सिआईबीलाई अनुसन्धान अगाडि नबढाउन दबाब दिँदै आएको बुझिएको छ।

लक्ष्मीसँग दुवै देशको नागरिकता सक्रिय रहेको देखिएको छ। नेपालको कानुनअनुसार नेपाली नागरिकता त्याग नगरी दोस्रो मुलुकको पासपोर्ट प्रयोग गर्नु गैरकानुनी मानिन्छ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ कार्तिक २३, १६: ३२

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ कार्तिक २३, १६: ३२

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ कार्तिक २३, १६: ३२

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...