
काठमाडौं। ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माण गर्ने र नगर्ने विषयमा भएको विवादमा झडप हुँदा तीन जना घाइते भएका छन्।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन्। उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ।
झडपमा परेर सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली सामान्य घाइते भएका छन्।
शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्लेपाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो।
एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेको र कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनुहुँदैन भन्ने समूहका व्यक्तिहरूले ढुंगा हान्न थालेका थिए।
केबलबार बनाउन नदिनेहरुले अग्लो ठाउँमा बसेर तल ढुंगा हान्दा केही प्रहरीहरूलाई लागेको थियो । स्काभेटर चलाएर केबलकार शिलान्यास गरिएको थियो।
प्रजिअ शर्माका अनुसार हाल स्थितिमा नियन्त्रणमा आइसकेको छ। यद्यपि, दुवै पक्षका व्यक्तिहरु घटनास्थल आसपासमै छन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...