२८ लाख ठगी गर्ने धादिङका गुरूङ र सिन्धुपाल्चोकका पराजुली पक्राउ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

२८ लाख ठगी गर्ने धादिङका गुरूङ र सिन्धुपाल्चोकका पराजुली पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको अवसर दिलाउन दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा नेपाल प्रहरीले धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका– ४का सञ्जीव गुरूङ पक्राउ परेका छन्।

यस्तै, क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जनाबाट १९ लाख ७० हजार र पराजुलीले आठ लाख १७ हजार रुपैयाँ ठगेका थिए।

अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २५, १३: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २५, १३: ५७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २५, १३: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...