देउवाको रास्वपा लक्षित भनाई ‘हाम्रा सांसदलाई मुद्दा चलाइयो, तर कहिल्यै होहल्ला गरेनौं’ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

देउवाको रास्वपा लक्षित भनाई ‘हाम्रा सांसदलाई मुद्दा चलाइयो, तर कहिल्यै होहल्ला गरेनौं’

धनगढी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै ‘हो–हल्ला नगर्न’ आग्रह गरेका छन्।

आईतबार दिउँसो धनगढी आएका नेता देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सहकारीको रकम घोटाला प्रकरणमा एक पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ नि भन्ने प्रश्नमा देउवाले भने, ‘हाम्रा सांसदलाई मुद्दा चलाइयो। तर, हामीले कहिल्यै होहल्ला गरेनौं।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले अदालती प्रक्रियामा गएको कुरा अदालतले फैसला गरेपछि मात्र प्रतिक्रिया दिनु पर्ने बताए।
उनले अहिलेको गठबन्धन पूरै कार्यकाल टिक्ने पनि दाबी गरे।

देउवा एक साताका लागि गृहजिल्ला डडेल्धुरा जाँदैछन्। देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ। डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदले बताए।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २५, १४: ४८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २५, १४: ४८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २५, १४: ४८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...