मानव तस्करीको आरोपमा पक्राउ परेका निवर्तमानमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

मानव तस्करीको आरोपमा पक्राउ परेका निवर्तमानमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

काठमाडौं। मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सरकारका निवर्तमान मन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ।

विराटनगरमा आईतबार पक्राउ परेका अधिकारीलाई हवाईमार्गबाट काठमाडौं ल्याइएको हो। त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको परिसरका प्रवक्ता नवराज अधिकारीले बताए।

उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नु जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति दिएको छ।

अदालतले निवर्तमान मन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ। उनले ‘नैतिकताको आधारमा’ भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए।

नेकपा एमालेको कोशी प्रदेश कमिटिले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरिसकेको छ।

अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र भएकै हैसियतले प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका थिए। उनी मोरङका कहलिएका कानून व्यवसायी पनि थिए।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २५, १६: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २५, १६: ४५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २५, १६: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...