
विर्तामोड। जिल्लाको हल्दिवारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।
बिर्तामोड नगरपालिका वडा नम्वर–१०की ती महिलाले बच्चा जन्माएर फरार भएकी थिइन। सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको प्रहरीले जनाएको छ।
मृत शिशुको पोस्टमार्टम भइ नसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ। पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ।
शनिवार दिउँसो २ः३० बजेतिर क्लिनिकको शौचालयमा एक नवजात शिशु फेला परेको थियो।
ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ। ती महिलाको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको बताइएको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...