
बागलुङ। बागलुङमा पिकअप भ्यान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको सनाखत भएको छ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो।
दुर्घटनामा जैमिनी–८ केवईका चालक ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
ग२च ९२४७ पिकपअ भ्यान सडकदेखि करि १०० मिटरभन्दा तल खसेको थियो। पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ। दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीष शरीरको विभिन्न भागमा चोट लागेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...