गिनिजबुकमा १८ पटक नाम लेखाएका पार्कर खेलाडी सुनारलाई अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

गिनिजबुकमा १८ पटक नाम लेखाएका पार्कर खेलाडी सुनारलाई अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार

काठमाडौं। नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ।

अठारपटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सोमबार उनलाई सो पुरस्कार प्रदान गरिएको हो।

दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कौर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभइ युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन्।

मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ।

भारतका डा.बेनेट फरनान्डेज, मेक्सिकोकी रीता अगुइलर गोन्जालेज, सिङ्गापुरकि डा म्यारी एङ, अमेरिकाकी डा लिनोरा पिटरसन, जिम्बाबेकी डा.प्याटृसिया गोन्डे, बेलायतकी अलिसन चिवारालगायतसमाजमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक हजार एकजनामध्ये उनी नेपालबाट छानिएका हुन्।

समर्पण र अनुशासनमार्फत सुनारले आफ्नो शारीरिक तन्दुरुस्ती र जोशले विशेषगरी खेलकुद र पहिचानको अवसर सीमित रहेका ग्रामीण समुदायमा सकारात्मक प्रभाव पार्न योगदान पुर्याउँदै आएका छन्।

हाल अमेरिकामा रहेर पार्करजस्तो उल्लेखनीय कलाबाट नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय हुने क्रममा विभिन्न प्रदर्शनी र विश्वकीर्तिमानी प्रवद्र्धनमा सक्रिय हुँदै आएका छन्।

उनको यो अदभूत कला सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरेका थिए भने अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो ।

यतिमात्र होइन, गिनिज वल्र्ड रेकड्र्स डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र उनी पनि परेका थिए। उनले २०२१ मा अक्रोन, ओहोयोमा भुटानीज् कम्युनिटी एशोसिएशन इंक, अक्रोनको सहयोगमा सनसाइन तेक्वान्दो एकेडेमीद्वारा आयोजित कार्यक्रममा ३० सेकेन्डमा सबैभन्दा पूर्ण ट्विस्ट ब्याकफ्लिप्सका लागि विश्वकीर्तिमान तोडेका थिए भने ९ मार्च २०२३ मा न्यूयोर्कमा जिपीके फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एक मिनेटमा सबैभन्दा धेरै २१ पटक डाइभिङ गरेर गिनिजवल्र्ड रेकर्ड तोडेका थिए।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २६, १६: ४६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २६, १६: ४६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २६, १६: ४६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...