राष्ट्रपति पौडेल पुगे कोप–२९ माग भाग लिन अजरबैजानको बाकुमा – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

राष्ट्रपति पौडेल पुगे कोप–२९ माग भाग लिन अजरबैजानको बाकुमा

बाकु। राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु आइपुगेका छन्।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै आज यहाँ आइपुगेका हुन्।

उनलाई हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजान सरकारका न्यायमन्त्री फारिद तरुव अहमदोभलगायतका उच्च पदस्थ पदाधिकारीहरूले स्वागत गरे ।

भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकÞम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताएको प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।
उनका अनुसार अनुसार मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताएका थिए।

उनले अजरवैजानमा नेपालका जस्ता पहाड नभए पनि यहाँका हिमाल पग्लिएर पानीको स्रोत सुकेको जानकारी दिएका थिए।

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ। भ्रमण दलका सदस्य वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही भने यसअघि नै बाकु आइपुगिसकेका छन्।

कोप–२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने कार्यसूची छ।

बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन आजदेखि सुरु भएको छ।

सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ। सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ कार्तिक २६, १७: ३९

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ कार्तिक २६, १७: ३९

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ कार्तिक २६, १७: ३९

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...