बरिष्ठ उपाध्यक्ष पोखरेलसहित एमालेका एक दर्जन बढी नेताहरु चीन जाँदैछन्, यस्तो छ कारण – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बरिष्ठ उपाध्यक्ष पोखरेलसहित एमालेका एक दर्जन बढी नेताहरु चीन जाँदैछन्, यस्तो छ कारण

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार बेइजिङ जाने भएको छ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा जान लागेको एमाले टोलीमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल र कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी छन्।

टोलीमा प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा.दीपेन्द्र श्रेष्ठ, झापाको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल र नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी समेत भ्रमण टोलीमा छन्।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २७, ११: ५९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २७, ११: ५९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २७, ११: ५९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...