नयाँ दिल्ली। भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ।
सोमबार शंकास्पद अतिवादीसँगको भिडन्तपछि जिल्लामा कर्फ्यू लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे जिरिबामको जाकुराडोर र बोरोबेकरा पुलिस स्टेशन नजिकै रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीहरूले निशाना बनाएको बताएको छ।
मणिपुर प्रहरीले यस घटनाको बारेमा लेखेको छ, ‘सशस्त्र चरमपन्थीहरूले जिरिबाम जिल्लाको जाकुराडोर क्षेत्रमा अवस्थित एक सीआरपीएफ चौकीमा हमला गरे । त्यसपछि सुरक्षा बलहरूले तुरुन्त जवाफी कारबाही गरे । यो मुठभेड करिब ४० मिनेटसम्म चल्यो र पछि १० सशस्त्र आतङ्ककारीको शव निकालियो ।’
प्रहरीका अनुसार यो भिडन्तमा एक सीआरपीएफ जवान सञ्जीव कुमारलाई गोली लागेको थियो । हाल उनलाई उपचारको लागि असमको सिलचरको मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार जिल्लामा शान्ति कायम गर्न अहिले जिल्लामा कर्फ्यू लगाइएको छ । मणिपुरमा लामो समयदेखि हिंसा भइरहेको छ । यस हिंसामा धेरैले ज्यान गुमाएका छन् भने सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । यस हिंसालाई लिएर विपक्षी दलहरूले केन्द्र सरकारमाथि लगातार आक्रमण गरिरहेका छन् ।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...