
काठमाडौं। कप्तान पूजा महतोको शानदार प्रदर्शनसहित कुवेतविरुद्ध नेपालले १६५ रनको जित हात पारेको छ। कुवेतले ४८ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले विशाल जित हात पारेको हो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतका जिफा जिलानीबाहेक अन्य ब्याटरहरु चल्न नसकेपछि नेपालले ठूलो अन्तरको जित हात पारेको हो।
नेपालका लागि पूजा महतो एक्लैले चार ओभरमा ८ रन दिएर ५ विकेट लिएकी थिइन्।
कप्तान पूजा महतोको १३० रन र सोनी पाख्रिनको ४३ रनका मद्दतले नेपालले २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो।
नेपालका लागि पूजाले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा ६८ बलमा १७ चौकाको मद्दतले १२८ रन बनाएपछि नेपालले कुवेतलाई विशाल २१४ रनको लक्ष्य प्रस्तुत गरेको हो।
कप्तान पूजा महतोले एकै ओभरमा चार विकेट समेत हात पारेकी छिन्। नेपालका लागि पहिले ब्याटिङमा पनि शानदार शतक प्रहार गरेकी पूजाले खेलको नवौं ओभरमा बिना कुनै रन चार विकेट हात पारेकी हुन्। यससँगै पूजाले ३ ओभरमा ५ विकेट लिइसकेकी छिन्।
प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ। अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ। नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...