असुली धन्दाका प्रतिद्वन्दी ‘चक्रे’को २० वर्षअघि हात छिनाएका ‘मनाङे’ कारागार चलान – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

असुली धन्दाका प्रतिद्वन्दी ‘चक्रे’को २० वर्षअघि हात छिनाएका ‘मनाङे’ कारागार चलान

काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वप्रदेशमन्त्री दीपक मनाङे (राजीव गुरुङ) २० वर्षअघिको प्रमाणित अपराधको सजाय काट्न आज डिल्लीबजार कारागार चलान भएका छन्।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै फरार रहेका मनाङे आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेसँगै नेपाल प्रहरीको सिआईबी कार्यालय लगिएको थियो।

त्यसपछि सिआईबीले अदालतमा पेश गरेसँगै कारागार चलान गरिएको हो। मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला नै सदर गरेको थियो।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो।

मनाङे यसअघि भुक्तान गरिसकेको ३१ महिना २९ दिन सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ। उनलाई सदर खोर चारखालमा राखिएको छ।

उनी मनाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका सांसद हुन्।

राजधानीको महाराजगंज क्षेत्रलाई केन्द्र बनाई ठेक्का कब्जा र असुली धन्दा चलाई रहेका गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को २०६१ सालमा पानी पोखरीको एक रेष्टुरेण्टमा मनाङे नेतृत्वको गुण्डाहरुको समूहले हात छिनाएको थियो।

गुण्डागर्दीकै पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङे दुई पटक गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भए भने पटक पटक मन्त्री भए।

ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन माथि आक्रमण गरेको थियो। सो क्रममा चक्रे मिलनको हात छिनेको थियो। मनाङे भने ठमेल क्षेत्रलाई केन्द्र बनाई असुली धन्दा चलाउँथे।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २७, १६: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २७, १६: ५२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २७, १६: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...