असुली धन्दाका प्रतिद्वन्दी ‘चक्रे’को २० वर्षअघि हात छिनाएका ‘मनाङे’ कारागार चलान – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

असुली धन्दाका प्रतिद्वन्दी ‘चक्रे’को २० वर्षअघि हात छिनाएका ‘मनाङे’ कारागार चलान

काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वप्रदेशमन्त्री दीपक मनाङे (राजीव गुरुङ) २० वर्षअघिको प्रमाणित अपराधको सजाय काट्न आज डिल्लीबजार कारागार चलान भएका छन्।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै फरार रहेका मनाङे आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेसँगै नेपाल प्रहरीको सिआईबी कार्यालय लगिएको थियो।

त्यसपछि सिआईबीले अदालतमा पेश गरेसँगै कारागार चलान गरिएको हो। मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला नै सदर गरेको थियो।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो।

मनाङे यसअघि भुक्तान गरिसकेको ३१ महिना २९ दिन सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ। उनलाई सदर खोर चारखालमा राखिएको छ।

उनी मनाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका सांसद हुन्।

राजधानीको महाराजगंज क्षेत्रलाई केन्द्र बनाई ठेक्का कब्जा र असुली धन्दा चलाई रहेका गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को २०६१ सालमा पानी पोखरीको एक रेष्टुरेण्टमा मनाङे नेतृत्वको गुण्डाहरुको समूहले हात छिनाएको थियो।

गुण्डागर्दीकै पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङे दुई पटक गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भए भने पटक पटक मन्त्री भए।

ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन माथि आक्रमण गरेको थियो। सो क्रममा चक्रे मिलनको हात छिनेको थियो। मनाङे भने ठमेल क्षेत्रलाई केन्द्र बनाई असुली धन्दा चलाउँथे।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ कार्तिक २७, १६: ५२

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ कार्तिक २७, १६: ५२

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ कार्तिक २७, १६: ५२

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...