पर्यटनमन्त्री पाण्डेले करोडौं घुस लिएको कांग्रेस सांसद बजगाइँको आरोप – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पर्यटनमन्त्री पाण्डेले करोडौं घुस लिएको कांग्रेस सांसद बजगाइँको आरोप

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन्।

उनले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप लगाएका हुन्।

बजगाईँले सामाजिक सञ्जाल फेसवुकमा मंगलबार एक स्टाटस लेख्दै भनेका छन् –‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष, म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे।’

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा सञ्चालन हुनेगरी उक्त क्यासिनोले उक्त रिक्रियसनले साउन १२ गते पर्यटन विभागबाट क्यासिनो सञ्चालनको इजाजत पाएको थियो।

त्यतिबेला नयाँ गठबन्धन अन्तर्गत सरकार गठन भएर पाण्डे पर्यटनमन्त्रीमा नियुक्त भएको दुई साता भएको थियो। त्यसको केही दिनपछि विभागले यसअघि क्यासिनो सञ्चालनको अनुमति पाएको एसएचएल म्यानेजमेन्ट सर्भिस (केटीएम) प्रा.लि. क्यासिनो सञ्चालनको अनुमतिपत्र खारेज गरेको थियो।

उक्त रिसोर्टको १६ बिघा जग्गामध्ये केही जग्गा सरकारी स्वामित्वको क्षेत्रमा रहेकोले मिचिएको उक्त जग्गामा बनेको संरचना भत्काउन स्थानीयबासीले माग गर्दै आएका छन्। यो विषयमा २०७८ सालमै अदालत अन्तरिम आदेश समेत सुनाएको थियो।

सो आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्नु भन्ने उल्लेख छ।

सिल्भर हेरिटेज लिमिटेड नामक कम्पनीले सञ्चालन गर्दै आएको एक्त होटलको स्वामित्व होटलमा यसअघि हङकङस्थित सिल्भर हेरिटेज ग्रुपको लगानीमा थियो। अघिल्लो वर्ष साउनमा यसको स्वामित्व हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक नामक कम्पनीमा सारिएको थियो।

सांसद बजगाईँले पछिल्लो समय आफ्नो भनाइ तोडमोड गरेर आफूमाथि गलत प्रचार चलाएको समेत उल्लेख गरेका छन्। उनी भन्छन्, ‘मन्त्री पाण्डे र अधिकारीले भैरहवा विमानस्थल कसरी चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईँको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन्।’

अहिले उक्त रिसोर्टमा बुद्धिसागर सुवेदी र दीपक गौतमको स्वामित्वमा छ। उनीहरू अमेरिकी नागरिक गैर आवासीय नेपाली हुन्।

यता कांग्रेस नेता, कार्यकर्ता र सेवाग्राहीसँग भेट र सम्पर्कमा आउन समेत नरुचाउने मन्त्री पाण्डेले भने आफूले करोडौं त के कौडी पनि नखाएको दाबी गरेका छन्। तर होटल व्यवसायीहरु भन्छन्, ‘घुस लिने दिने कुरा प्रमाणीत गरेर नभइ गोप्य हुने र मन्त्रीसँग नभई उनका सहयोगीसँग हुने गर्छ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २७, १७: ५३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २७, १७: ५३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २७, १७: ५३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...