
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपमा दोषी देखिए सबै पदहरु त्याग्ने बताएका छन्।
पर्यटनमन्त्री पाण्डेमाथि गोरखाबाट निर्वाचित कांग्रेस सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएको आरोप लगाएपछि पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग समेत गरे। सांसद बजगाइँले मन्त्री पाण्डेमाथि करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको दाबी सामाजिक सञ्जाल फेसवुकमार्फत गरेका थिए।
पर्यटनमन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन्।
पाण्डेले संचारकर्मीलाई सांसद बजगाईंले लगाएको आरोपविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्। उनले सरकार र पार्टीसमक्ष आफूमाथि गहिरो गरी छानबिन होस् भनेका छन्।
मन्त्री पाण्डेको सचिवालयले भने हालसम्म औपचारिक रुपमा सांसद बजगाइँले गरेको दाबी असत्य हो भनी कुनै अभिव्यक्ति भने दिएको छैन।
मन्त्री पाण्डेको सचिवालयका सदस्यहरुले भने मन्त्री पाण्डेको औपचारिक फेसवुक आईडीमा ट्याग गर्दै सांसद बजगाईंविरुद्ध सामग्रीहरु प्रवाह गरिरहेका छन्।
मन्त्री पाण्डे आफै अध्यक्ष भएको पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालाको संचालन काठमाडौ महानगरपालिकालाई गर्न दिने भनी सम्झौता गरे पछि आफैले गौशाला धर्मशाला महानगरपालिकाको मातहतामा नल्याउनु भनी निर्देशन दिए पछि बिबादमा तानिएका थिए।
आफूले घुस नलिएको दाबी गरे पनि मन्त्री पाण्डेले अचाक्ली हवाई भाडा असुल गर्ने विमान कम्पनीहरुलाई कारबाही त के स्पष्टिकरण समेत सोध्ने आँट गरेका छैनन्।
पार्टीका केन्द्रीय सदस्य र सांसदहरुसँग समेत भेट्न नचाहेपछि पार्टी भित्र उनको चर्को आलोचना भईरहेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...