हवाई भाडामा भएको लुटको अन्त्य गर्न प्रभु साहको माग – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

हवाई भाडामा भएको लुटको अन्त्य गर्न प्रभु साहको माग

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले हवाई भाडामा लुट मच्चाईरहँदा समेत सरकारले त्यसलाई नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रतिनिधिसभा सदस्य समेत रहेका आजपा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको आरोप समेत लगाए।

उनले हालै हवाई भाडामा भएको मनपरी वृद्धिले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने जनाउँदै हवाई क्षेत्रको लुट हटाउने विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे।

हवाई भाडदर महँगो बनाउने एयरलाईन्सहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उनले पछिल्लो समय हवाई भाडा नियन्त्रणको लागि सरोकारवाला निकायबिच भएको पाँच बुँदे सहमतिको पूर्ण पालना नभएको पनि बताए।

सामाजिक सञ्जाल फेसबुक पेजमा एक स्टाटस लेख्दै उनले भने, ‘नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्यौलता बढ्दैछ। सरकारको गैरजिम्मेवार भूमिकाले सिङ्गै पर्यटन क्षेत्र अस्तव्यस्त भई रहेको सन्दर्भमा हवाई भाडामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ ।’

अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा उल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाए। कमिसनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज विदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेको साहले जनाएका छन्।

‘अहिले पर्यटन क्षेत्र मरणासन्न अवस्थामा छ भन्दा अतियुक्ति नहोला। राज्य नियन्त्रित सिन्डिकेट र सरकारमा भएकाहरूकै हालीमुहाली र ब्रम्हलुटकै कारण यो क्षेत्रले विगत लामो समयदेखि बदनामी र बेथिति भोग्नु परेको छ। नेपाली श्रमिकहरू हवाई भाडादरमा भएको मनोमानी वृद्धिको कारण ठुलो मारमा परेका छन्। तर, यो सरकारलाई यसबारेमा कुनै चिन्ता र चासो नै छैन’ साहले भने।

त्रिभुवन ईन्टरनेश्नल एयरपोर्टको स्तरोन्नतिको लागि दैनिक १० घण्टा एयरपोर्ट बन्द गर्ने बहानामा फेरि नेपाली श्रमिकहरू र विदेशी पर्यटकहरूमाथि हवाई भाडा बढाएर लुट्ने काम भइराख्दा समेत सरकार रमिते बनेको आरोप साहले लगाए।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २९, १६: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २९, १६: ०३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २९, १६: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...