
दार्चुला्। दार्चुलामा भएको जीप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर– ५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकै श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका– ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको मृत्यु भएको हो।
मृतक दुई जना भने भारतीय नागरिक छन्। मृत्यु हुने भारतीय नागरिकहरुमा उत्तर प्रदेश बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको हो। विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो।
आज बिहान शैल्यशिखर नगरपालिका –६ को बजे म १ ज ३३८ नम्बरको जिप दुर्घटना भएको हो। घाइते चार जनाको उद्दर गरेर गोकुलेश्वर अस्पताल पुगाइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
जीप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ। मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप हो। जिपमा तिर्थालु सवार थिए।
वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...
काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...
काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...