जीप दुर्घटना हुँदा दार्चुलामा ८ जनाको मृत्यु – Naya Bikalpa
February 6, 2025, Thursday

जीप दुर्घटना हुँदा दार्चुलामा ८ जनाको मृत्यु

दार्चुला्। दार्चुलामा भएको जीप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर– ५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकै श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका– ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको मृत्यु भएको हो।

मृतक दुई जना भने भारतीय नागरिक छन्। मृत्यु हुने भारतीय नागरिकहरुमा उत्तर प्रदेश बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको हो। विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो।

आज बिहान शैल्यशिखर नगरपालिका –६ को बजे म १ ज ३३८ नम्बरको जिप दुर्घटना भएको हो। घाइते चार जनाको उद्दर गरेर गोकुलेश्वर अस्पताल पुगाइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

जीप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ। मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप हो। जिपमा तिर्थालु सवार थिए।

 

सम्बन्धित समाचार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ कार्तिक ३०, १५: ३९

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ कार्तिक ३०, १५: ३९

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ कार्तिक ३०, १५: ३९

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...