
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईंविरूद्ध कारबाही गर्न माग गरेका छन्।
पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा सांसद बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन्।
सांसद बजगाईँले पार्टी अनुशासन र हितविरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उनले उजुरी दर्ता गराएका छन्।
सांसद बजगाईंले क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा मन्त्रीले करोडौँ रुपैयाँ घुस लिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए।
सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...