रबीलाई भैरहवाबाट पोखरा ल्याएर स्वास्थ्य जाँच गरियो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

रबीलाई भैरहवाबाट पोखरा ल्याएर स्वास्थ्य जाँच गरियो

पोखरा । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रबी लामिछानेलाई भैरहवाबाट पोखरा पुर्याइएको छ।

पोखरा पुर्याउनासाथ रबीको स्वास्थ्य परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उनको स्वास्थ्य परिक्षणपछि प्रहरी हिरासतमा लगेको छ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरको जहाजबाट रवीलाई पोखरा ल्याइएको थियो।

लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा पोखराबाट बयानका लागि बयानका लागि रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो।

मंगलबार रुपन्देही ल्याइएका लामिछानेलाई ३ दिन (२३ घन्टा) बयान बिहीबार सकिएपछि आज (शुक्रबार) पुनः पोखरा ल्याइएको हो।

रविलाई काठमाडौंबाट कात्तिक २ गते पक्राउ गरी पोखरा ल्याइएको थियो। लामिछानेको पक्राउ विरुद्ध उनको पार्टीले विरोध प्रदर्शनहरु गरिरहेको छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक ३०, १६: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक ३०, १६: १५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक ३०, १६: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...