
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै महामन्त्री शर्माले अधिकांश स्थानमा कांग्रसकै जित हुने जिकिर गरे।
उनले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने देखिएको बताए।
उनले अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
महामन्त्री शर्माले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले कांग्रेस उमेदवारलाई जिताउने विश्वास व्यक्त गरे। स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...