काठमाडौं। शेयर बजारमा आईतबार ११ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिन विहीबारको तुलनामा १३.५ प्रतिशत बढी हो। विहीबार १० अर्ब ३२ करोडको शेयर कारोबार भएको थियो।
बजारको परिसूचक नेप्से ४.९८ अंकले मात्र बढ्यो। सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ। १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो।
यस दिन होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो। सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशतले बढ्यो।
विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, अन्य ०.११ र व्यापार ०.२४ प्रतिशत बढे। उत्पादन १.१३ प्रतिशत घट्दा निर्जीवन बीमा ०.६९, फाइनान्स १.६३ र बैंकिङ ०.२१ प्रतिशत घटे।
उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो। माण्डु हाइड्रोपावरको ९.७१, बाराही हाइड्रोपावरको ९.२९, जनउत्थान लघुवित्तको ८.९६, भगवती हाइड्रोपावरको ८.४३ तथा ङादी ग्रुप पावरको ८.३५ प्रतिशत मूल्य बढ्यो।
नारायणी डेभलपमेन्ट बैंक र जानाकी फाइनान्सको ७.८ प्रतिशतले बढ्यो। समृद्धि फाइनान्स र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो।
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...