एकल अंकले बढेको शेयर बजारमा पौने १२ अर्बको कारोबार – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

एकल अंकले बढेको शेयर बजारमा पौने १२ अर्बको कारोबार

काठमाडौं। शेयर बजारमा आईतबार ११ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिन विहीबारको तुलनामा १३.५ प्रतिशत बढी हो। विहीबार १० अर्ब ३२ करोडको शेयर कारोबार भएको थियो।

बजारको परिसूचक नेप्से ४.९८ अंकले मात्र बढ्यो। सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ। १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो।

यस दिन होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो। सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशतले बढ्यो।

विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, अन्य ०.११ र व्यापार ०.२४ प्रतिशत बढे। उत्पादन १.१३ प्रतिशत घट्दा निर्जीवन बीमा ०.६९, फाइनान्स १.६३ र बैंकिङ ०.२१ प्रतिशत घटे।

उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो। माण्डु हाइड्रोपावरको ९.७१, बाराही हाइड्रोपावरको ९.२९, जनउत्थान लघुवित्तको ८.९६, भगवती हाइड्रोपावरको ८.४३ तथा ङादी ग्रुप पावरको ८.३५ प्रतिशत मूल्य बढ्यो।

नारायणी डेभलपमेन्ट बैंक र जानाकी फाइनान्सको ७.८ प्रतिशतले बढ्यो। समृद्धि फाइनान्स र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ मंसिर २, १७: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ मंसिर २, १७: १५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ मंसिर २, १७: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...