एमालेले समर्थन गरेपछि कैलाली र ओखलढुंगा जिसस सभापति कांग्रेसको पक्का – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

एमालेले समर्थन गरेपछि कैलाली र ओखलढुंगा जिसस सभापति कांग्रेसको पक्का

काठमाडौं। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावमा नेपाली कांग्रेसले दुई वटै जिल्ला समन्वय समितिको सभापति हात पार्ने पक्का भएको छ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति (जिसस) सभापतिका लागि हुने उपचुनावमा एमालेले समर्थन गर्ने सहमति भएपछि कांग्रेसले दुबै जिसस सभापति हात पार्ने पक्का पक्की भएको हो।

जिसस सभापतिका लागि ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ। ८ पालिका रहेको ओखलढुंगामा कांग्रेससँग ९ जना (स्वतन्त्र जितेको एक पनि कांग्रेसतिरै रहेको) पालिका पदाधिकारी छन्।

एमालेसँग ५, माओवादी र जसपासँग १÷१ जना पदाधिकारी छन्। एमालेको पनि कांग्रेसलाई समर्थन हुँदा माओवादी र जसपाको दुई मत मात्र सत्ता गठबन्धन बाहिर छ।

‘प्रक्रिया मात्र बाँकी हो, सभापति हाम्रो भइसक्यो’, कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले भने। ओखलढुंगामा यसअघि पनि कांग्रेसकै सभापति थिए।

२०७९ को चुनावबाट डिल्लीराम खनाल जिसस सभापति निर्वाचित भएका थिए। उनको निधन भएकाले उपचुनाव हुँदैछ। कांग्रेसले उपचुनावमा टेकराज भट्टराईलाई सभापतिका रुपमा अघि सारेको छ।

ओखलढुंगा जस्तै कैलालीमा पनि एमालेले कांग्रेसलाई सहयोग गरेको छ। १३ पालिका रहेको कैलालीमा कांग्रेसका ८ र एमालेका ५ जना पालिका पदाधिकारी छन्। यो संख्या बहुमत हो।

टीकापुर नगरपालिकाका उपमेयर खडकबहादुर शाह निलम्बित छन्। उनले मत हाल्न पाउँदैनन्। उनले मतदान गर्न नपाउँदा कांग्रेस र एमाले बाहेक १२ जना पालिका पदाधिकारी मात्र (नाउपासँग ७, माओवादी ३ र एकीकृत समाजवादी १) बाँकी रहन्छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सत्तारुढ गठबन्धन भएकाले कांग्रेसका उम्मेदवारलाई अझ सहज हुने देखिएको छ।

७ जना पालिका पदाधिकारी रहेको नाउपाले २०७९ को चुनावमा कांग्रेससँग प्रतिस्पर्धा गरेको थियो। एमालेको ५ पदाधिकारीको मत भएकाले नाउपाका इन्द्र चौधरीले जिससमा १२ मत पाएका थिए।

तर कांग्रेसका पदमबहादुर कलेलले १३ मत ल्याएर जिसस जिते । कलेललाई स्वतन्त्र जितेका धनगढी उपमहानगर पालिकाका मेयर गोपी हमालले मत दिएका थिए।

यसपटक एमालेकै समर्थन हुँदा कांग्रेसकी टीका चौधरी जिसस सभापति निर्वाचित हुने पक्का छ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०८१ मंसिर २, १७: २९

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८१ मंसिर २, १७: २९

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०८१ मंसिर २, १७: २९

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...