सर्वहारा नेताका नामका अस्पतालले नै गरे श्रमशाेषण – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
कर्मचारीलाई तलब नदिने यी ठुला अस्पताल–३

सर्वहारा नेताका नामका अस्पतालले नै गरे श्रमशाेषण



नयाँ विकल्प,


काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालिन महासचिव स्वर्गीय तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई नैतिक आस्थावान नेताको रुपमा श्रद्धा गरिन्छ ।

कम्युनिष्ट आन्दोलनमा शसक्त स्व.नेता मनमोहन अधिकारी पहिलो वामपन्थी प्रधानमन्त्री समेत हुन । मनामोहनले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान उनको मृत्युको साडे दुई दशकमा पनि उत्तिकै चर्चा छ ।

मनामोहनको नाममा खुलेका संघ सस्थाले उनको आस्था र मार्गदर्शनलाई थप प्रचार प्रसार गर्नु पर्ने हो । मनमोहनले गर्न खोजेकाे तर पुरा गर्न बाँकी रहेका कतिपय सैद्धान्तिक तथा राजनितिक मुद्धालाई पुरागर्ने नामनमा खुलेको एक परोपकारी संस्थाले मनमोहनको नामकै धज्जी उडाएको छ ।

उनै दिवंगत नेता मनमोहनको नाममा खुलेको परोपकारी संस्था मनमोहन अस्पतालले सेवाग्राहीलाई मात्र हैन, अस्पतालमा कार्यरत नर्स तथा अन्य कर्मचारी माथि नै चरम आर्थिक शोषण गरेको पाईएको छ ।

मनमोहन अस्पतालको बदमासी

कोरोना संक्रमण (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारेको छ । विकसीत, विकासाेन्मुख तथा अल्प विकसीत मुलुक कोरोनाले ठप्प प्राय छन । चिकित्सकिय पद्धती वा परामर्सबाट नै कोरोनासंग लडाई लडिरहेको अवस्था छ । यतिवेला सवैको आशा र भरोसा भनेकै अस्पताल, र स्वास्थ्यकर्मी नै हुन ।

यस्तो विसम परिस्थितिमा अस्पतालबाट विरामीले सर्वशुलभ सेवा पाउनु पर्ने हो । तर तिनै आस्थावान मनमोहन अधिकारीको नाममा खुलेका अस्पतालहरुले विरामीलाई दुईगुणा शुल्क लिने गरेकाे छ ।

काठमाडौंको ठमेल र स्वयंभुमा रहेको मनमोहन अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको पाइएपछि जरिवाना समेत गरिएको छ ।
अस्पतालले ९ सयमा हुनुपर्ने सेवाको एक हजार छ सय लिएको पाईएपछि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिवाना गरेको छ ।

अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । मनमोहन अस्पतालको अध्यक्षमा नेकपाका प्रदेश संसद राजेन्द्र पाण्डे छन् । यो अस्पतालमा पूर्व एमाले नेताहरुको मात्र लगानी रहेको छ ।

पूर्वएमाले नेताहरु सञ्चालक रहेको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र प्रदर्शनीमार्गमा रहेको काठमाडौं मोडल अस्पतालले कर्मचारीलाई सेवा सुविधा रोक्का गर्ने तथा करार सम्झौता विपरित कामबाट निकाल्ने गरेको छ । यी अस्पतालमा कार्यरत नर्स तथा कर्मचारीहरुले जेठदेखिको तलब समेत पाएका छैनन् ।

अस्पतालमा कार्यरत नर्स तथा अन्य कर्मचारीले तलव सुविधा नपाएको र गैरकानुनी रुपमा कामबाटै निकालिको गुनासो बढेपछि अध्यायन समिति गठन गरिएको छ । समितिले गुनासो परेका अस्तालमा पुगेर समस्या बुझ्ने काम गरिरहेको छ ।

नर्सको तलब साडे आठ हजार

सरकारी कार्यालयको सहयोगीले मासिक तवब १९ हजार चार सय ७६ रुपियाँ पाउँछन । त्यस्तै खरिदारले २६ हजार छ सय ४, नायव सुब्बाले २८ हजार दुइ सय, र अधिकृतको तलब ३५ हजार नाै सय ९० रूपैयाँ पाउने गरी तलव तोकिएको छ । अस्पताल स्रोतका अनुसार मनमोहन अस्पताल स्वयंभु , मनमोहन सामुदायीक अस्पताल ठमेल, झापामा कार्यरत नर्सको तलब जम्मा ८ हजार ५०० दिइएको छ ।

यसबाहेक पूर्वएमाले नेताहरुको वाहुल्य रहेको धुम्बाराहीस्थित ह्याम्स अस्पताल, र वागबजारमा रहेको काठमाडौं मोडेल अस्पतालमा कार्यरत कतिपय नर्सको तलब १० हजार भन्दा कम दिएको पाइएको छ ।
कोरोना संक्रमण फैलिएपछि भएको लक–डाउनको समयमा संक्रमण नियन्त्रणका लागि खटिने नर्स चिकित्सक लगायत पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मी तथा नर्सको तलब सरह भत्त्ता उपलब्ध गराउने घोषणा गरेको थियाे ।

नेकपा सरकारले गरेको यो घोषाणालाई उनकै नेताको नाममा सञ्चालन भएका कतिपय अस्पतालले नै धज्जी मात्र उडाएका छैनन, करार सम्झौताअनुसार काम गरिरहेका स्वास्थ्यकर्मी तथा नर्सको तलब रोक्का गर्ने र कामबाटै निकाल्ने जस्ता गैरजिम्मेवार क्रियाकला भैरहदाँ नियामक निकाय भने रहस्यमय रुपमा मौन बसेकाे छ ।

#कर्मचारी#तलब#अस्पताल

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण १६, १२: ४१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ श्रावण १६, १२: ४१

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ श्रावण १६, १२: ४१

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...