नेपाल श्रीलंकासँग ५५ रनले पराजित – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

नेपाल श्रीलंकासँग ५५ रनले पराजित

काठमाडौं : एसीसी यु–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल ५५ रनले पराजित भएको छ ।

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो ।

नेपालका मायन यादवले सर्वाधिक ६१ रनको योगदान गरे । आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, रोशन विश्वकर्माले ५, उत्तम मगरले १७, नरेन साउदले १६ रन जोडे। हेमन्त धामी र युनिश ठकुरीले ३/३ रन जोडे।

श्रीलंकाका प्रविन मनिषाले ३, विहास थेवमिका र कुगादास माथुलनले समान २ विकेट झार्दा न्युटन रन्जितकुमार र विरान चामुदिथाले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि शारुजन शानमगनाथनले ६२ र लकविन अबेसिंगेले ५० रनको योगदान गरे । पुलिन्दु पेरेरा २, दुलनिथ २४, विमाथ दिनसारा २४, काविजा गामेजले ३७ रन जोडे पनि अन्यले दोहोरो रन बटुल्न सकेनन् ।

नेपालका लागि सन्तोष यादवले ४ विकेट लए भने युवराज खत्रीले २ र नरेन साउद तथा हेमन्त धामीले समान १-१ विकेट लिए ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ मंसिर १४, १८: २४

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ मंसिर १४, १८: २४

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ मंसिर १४, १८: २४

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...