एनपीएल : जनकपुरको विजयी सुरुवात – Naya Bikalpa
December 14, 2024, Saturday

एनपीएल : जनकपुरको विजयी सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरका लागि लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोड । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिएका । हर्ष थक्कर र किशोर महतोले दुईदुईर मोहमद मोहसिन र माइकले एकएक विकेट लिएका छन् ।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ मंसिर १५, १५: ३७

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ मंसिर १५, १५: ३७

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ मंसिर १५, १५: ३७

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...