
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको हो ।
कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णालीले मध्यम योगफल तयार पारेको हो ।
अर्जुनले २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे । अलराउण्डर गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाएका हुन् । शिखर धवनले १४ बलमा १४ रन बनाए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए । किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक-एक विकेट लिए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...