जनकपुरको लगातार दोस्रो जित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

जनकपुरको लगातार दोस्रो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय इनिङ खेले । अनिलले अविजित ६२ रन जोडे । अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो ।

कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णालीले मध्यम योगफल तयार पारेको हो ।

अर्जुनले २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे । अलराउण्डर गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाएका हुन् । शिखर धवनले १४ बलमा १४ रन बनाए ।

जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए । किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान १-१ विकेट लिए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ मंसिर १७, १६: १५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ मंसिर १७, १६: १५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ मंसिर १७, १६: १५

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...