विराटनगरविरुद्ध सुदूरपश्चिमको सानदार जित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

विराटनगरविरुद्ध सुदूरपश्चिमको सानदार जित

काठमाडौंः सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्समाथि सानदार जित निकालेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पहिलो खेल खेलेको सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनले पराजित गर्दै सानदार सुरुवात गरेकाे हाे । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्स १६.१ ओभरमा ९२ रनमै अलआउट भयो।

आजको खेलमा विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए भने अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विराटनगरविरुद्ध फराकिलो जित निकाल्ने क्रममा  सुदूरपश्चिमका अविनाश बोहोराले र स्कटले तीन/तीन विकेट लिए । ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एकरएक विकेट लिए । साथै कप्तान दीपेन्द्र सिंह ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । उनले ३ चौका र ५ छक्का प्रहार गरे । बाउन्ड्रीबाट ४२ रन जोड्दै उनले ५७ रन बनाए । साथै ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।

विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एकरएक विकेट लिएका थिए । यो विराटनगरको लगातार दोस्रो हार हो ।  यसअघि जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ मंसिर १८, १२: ४४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ मंसिर १८, १२: ४४

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८१ मंसिर १८, १२: ४४

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...