पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ । सुदूरपश्चिमले पोखरालाई ५ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा २ बल अगावै १४८ रनमा अलआउट भएको हो । पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए । कुगेलेइनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिएका थिए । साथै हर्मीत सिंहले पनि ३ विकेट लिए।

पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ३८ बलमा २ चौका र १ छक्कासहित ४२ रन बनाए । ब्रान्डन म्याकमुलेनले २३ र कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन थपे भने ईशान पाण्डेले १० रन बनाए । यस्तै, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडेका थिए ।

६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ मंसिर ३०, १७: २१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ मंसिर ३०, १७: २१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ मंसिर ३०, १७: २१

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...