
काठमाडौं : नेपाल एसीसी यु-१९ महिला एसिया कपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको पहिलो खेलमा पाकिस्तान यु-१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । सोमबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो ।
नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक ४७ रन बनाइन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् । नेपालका लागि कप्तान पुजा महतोले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १-१ विकेट लिए । अब नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...