काठमाडौं । निकै विवादको भूमरीलाई चिर्दै नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व पाएको छ । सदस्यता विवाद चरम उत्सर्गमा पुगेपछि नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष विपुल पोखरेलको राजिनामापछि निकास पाउँदैन कि भन्ने आम नेपाली पत्रकारहरुलाई चिन्तित तुल्याएको थियो । सोही अवसरमा कार्यबहाक बनेका रमेश विष्टले समेत कार्यबहाक भएको सातै दिनमा राजिनामा दिएर हिँडेपछि तेस्रो वरियताको क्रममा रहेकी महिला उपाध्यक्ष बाला अधिकारीको नेतृत्वले निर्वाचन सम्पन्न गराउन सफल भएको हो । त्यसकारण पनि यो ऐतिहासिक बन्न पुग्यो । महिला कार्यवहाक भएर गरिएको निर्वाचनमा केन्द्रदेखि प्रदेश, जिल्ला तहसम्म नेतृत्वमा महिला निर्वाचित हुन सफल हुनु यो संयोग मात्र होइन ।
केन्द्रीय अध्यक्ष निर्मला शर्मा विजयी भएकी छिन् भने केही जिल्ला, प्रदेशहरुमा समेत नेतृत्वमा महिला विजयी भएका छन् । प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलकी उम्मदेवार शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने र प्रेस युनियनको विद्रोही विष्टले ३ हजार २०३ मत प्राप्त गरे । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका थिए ।यसैगरी अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरेका थिए ।
महासंघको नयाँ कार्यसमितिमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् । उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए ।
उनका निकटतमप्रतिस्पर्धी विष्ट प्यानलका सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । यसैगरी मोहन कुमार सिंहले ८६० मत पाए । महासचिवमा पनि शर्मा प्यानलका रामप्रसाद दाहाल निर्वाचित भए । दाहालले ४ हजार ८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे ।महासचिवका अर्का उम्मेदवार जन्मदेव जैशीले १ हजार १ सय ५८ र प्रकाश थापाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उनले ४८८ मत पाए । सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका उत्तरसिंह विष्टले २ हजार ६७, बालकृष्ण अधिकारीले पनि उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि ७७५ मत प्राप्त गरे, माधव दुलालले ७१९ र कुमार ओझाले ३१६ मत पाए ।
सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । सरिता बराइलीले २ हजार ८२३ मत पाइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५ मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका भिसन राईले २ हजार ४५७ र टिकाराम प्रधानले १ हजार ६९ मत पाए ।सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी भए । अर्का प्रत्यासी श्रीजन झाले २ हजार २४३ र प्रविण कुमार चौधरीले ९५२ मत पाए । सचिव दलिततर्फ प्रकाश धौलाकोटी ४ हजार ११० मतसहित विजयी भए । अर्का प्रत्यासी बसन्त विकले १ हजार ८९२, भिमबहादुर विश्वकर्माले ६५० र सन्तोष कुमार बराइलीले ४७४ मत पाए ।
सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित निकाले । उनका निकटतम प्रतिस्पर्धी विकास कार्कीले २ हजार ७३५ र योगेश खपाङ्गीले ८१२ मत पाए । कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत प्राप्त गरी विजयी भए । उनी विष्ट प्यानलबाट निर्वाचित एकमात्र पदाधिकारी हुन् । प्रेस सेन्टर नेपालका अधिकारीले शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई ३८३ मत अन्तरले पछि पारे । शर्मा प्यानलका ज्ञवालीले ३ हजार ४६४ मत पाए । कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५२७ मत र शंकर खरेलले ४४२ मत, मधेश प्रदेश सदस्यमा राजु विश्वकर्मा २९७ मत र राजेशकुमार कर्णले ३७६ मत प्राप्त गरी विजयी भए ।
बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले ३६८ र नारायणप्रसाद अधिकारीले ४५० मत प्राप्त गरी विजयी भए । गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी ३३० मत, केवी रानाले ३८१ मत प्राप्त गरी विजयी भए । लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले ५६० मत र विकास बन्जाडेले ४७३ मत प्राप्त गरी विजयी भए । कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३२१ मत प्राप्त गरी जित निकाले । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३९७ र सुरेश पन्तले ३०० मत प्राप्त गरी विजयी भए । उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४५९ र सूर्य सुवेदीले ६६८ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले ४०० र सविता शर्माले ४८७ मत भए । संस्थागत प्रदेश (एशोसिएट)तर्फ पवित्रा मुडभरीले २०९ र मनुका कुँवरले ३०१ मत प्राप्त गरी जित निकालेका छन् । खुला सदस्यमा छविलाल तिवारीले ३ हजार ४७०, भूपेन्द्र आचार्यले ३ हजार ५८२, मुकुन्दप्रसाद भण्डारीले ३ हजार ७२१, रामेश्वर कार्कीले ३ हजार ६३० र लवदेव ढुङ्गानाले ३ हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन् । मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले ४ हजार १८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले ३ हजार ७३७ मत, खस आर्य महिलामा लिला शाह योगीले ३ हजार ८१० मत प्राप्त गरी निर्वाचित भए ।
महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी थिइन् ।दलित सदस्यमा सिकेन्द्र पासवानले ३ हजार ३१६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली ९निर्विरोध० निर्वाचित भएकी थिइन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घामगरले ४ हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्तीमगर निर्विरोध निर्वाचित भएकी थिइन् । मधेसी सदस्यमा राजकरण महतोले ३ हजार ८९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले ४ हजार ४०९ मत प्राप्त गरी निर्वाचित भए । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले ३ हजार ५५७ र अल्पसंख्यक सदस्यमा लक्ष्मण थामीले ४ हजार ३७३ मत प्राप्त गरी विजयी भए ।
लेखा समिति संयोजकमा शर्मा प्यानलका केसी लामिछानेले ४ हजार १९४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका ध्रुव कुमार रावलले २ हजार ४२० मत पाए । लेखा समितिकै सदस्य खुलामा केशवप्रसाद बोहराले ४ हजार १२५ मत सहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी गणेशप्रसाद बन्जाडेले २ हजार ३६५ मत पाए । लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले ४ हजार ८९ मत प्राप्त गरी जित निकाल्दा उनको निकटतम प्रतिस्पर्धी लक्ष्मी चौधरीले २ हजार ५४२ मत पाइन् । महासंघको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।
त्यसैगरी, १० प्रदेशमा बागमती प्रदेशमा कृष्ण सारु, मधेश प्रदेशमा श्याम बञ्चरा, कोशी प्रदेशमा भरत खड्का, गण्डकी प्रदेशमा रमेश पौडेल, लुम्बिनी प्रदेशमा शुक्रऋषि चौलागाईं, कर्णाली प्रदेशमा विष्णु शर्मा, सुदूरपश्चिम प्रदेशमा भरत शाह, उपत्यका प्रदेशमा टेनिस रोक्का, प्रष्ठिान प्रदेशमा रमेश वाग्ले, एसोसिएट प्रदेशमा रोयल आचार्य निर्वाचित भएका छन् । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...