
बीवीसी हिन्दी,
लखनउ । कोरोना भाइरसको संक्रमणका कारण उत्तर प्रदेशकी उक मन्त्रीको आइतबार यहाँ उपचारको क्रममा निधन भएको छ ।
नेपालको छिमेमी राज्य उत्तर प्रदेशकी प्राविधिक शिक्षामन्त्री कमला रानी वरुणको आइतबार विहानै उपचारकै क्रममा निधन भएको हाे ।
उनलाई गत जुलाई १८ तारिखका दिन कोरोना संक्रमणको पुष्टि भएको थियो । मन्त्री बरुणलाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान बरुणको मृत्यु भएपछि उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथले आफ्नो अयोध्याको भ्रमण समेत रद्ध गरेका छन् ।
सन् २०१७ मा उत्तर प्रदेश विधानसभाको लागि भएको चुनावमा कानपुरको घाटपुर क्षेत्रबाट बीजेपीको तर्फबाट चुनाव जितेकी बरुण त्यो क्षेत्रबाट चुनाव जित्ने पहिलो महिला सांसद हुन् ।
छिमेकी भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १७ लाख ५० हजार बढी संक्रमित भइसकेका छन् । तीमध्ये ५ लाख, ६७ हजार सात सय ३० जना संक्रमित अझै उपचार गराईरहेका छन् ।
भारतमा शनिबार मात्रै ५४ हजार सात सय ३६ नयाँ संक्रमित थपिएका थिए भने एकै दिन आठ सय ५३ जनाले ज्यान गुमाएका थिए । कोरोनाबाट भारतमा ज्यान गुमाउनेको सख्या ३७ हजार तीन सय ६६ पुगेको छ ।
प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...
काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार...
झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२...