कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं : जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स एनपीएलको फाइनलमा प्रवेश गरेको हो ।

कर्णालीले दिएकाे ११९ रनकाे लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरका लागि जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । कर्णालीका गुल्सन झाले २५ रन बनाए भने देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र माेहम्मद माेहसिनले २/२ विकेट लिए ।

अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम राेयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले पहिलाे क्वालिफायरमा हिजाे जनकपुरलाई हराउँदै फाइनलमा पुगेकाे थियाे । फाइनल खेल शनिबार हुनेछ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ पुष ४, १६: ०७

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ पुष ४, १६: ०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ पुष ४, १६: ०७

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...