एनपीएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एनपीएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदै छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२ः३० बजे हुने छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो ।

एनपीएलमा सुदूरपश्चिम र जनकपुरले २ खेल खेलेका छन् । यी २ खेलमा जनकपुरमाथि सुदूरपश्चिम हाबी भएका थिए । सुदूरपश्चिमसँग भएका २ भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ । दोस्रो क्वालिफायरबाट फाइनल पुगेको जनकपुरलाई कमजोर आँक्न मिल्दैन ।

फाइनल पुगेका यी २ टोली लिग चरणको खेलमा २६ मंसिरमा आमनेसामने भएका थिए । उक्त खेलमा पनि सुदूरपश्चिमले ७२ रनको सहज जित निकालेको थियो ।

पहिलो क्वालिफायर र लिग चरणका यी २ खेललाई तुलना गर्दा सुदूरपश्चिमभन्दा जनकपुर कमजोर देखिन्छ । तर, समग्र प्रतियोगितामा जनकपुरको प्रदर्शन हेर्न लायक छ । उपाधिका लागि सुदूरपश्चिम जति दाबेदार छ, जनकपुर पनि त्यत्तिकै ठूलो दाबेदारका रूपमा खडा भएको छ ।

सुरुका ३ खेल र अन्तिमका ३ खेलमा विजयी भएको सुदूरपश्चिमले लिग चरणमा एउटा मात्र पराजय भोगेको छ । चौथो खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हराउँदै एउटा हारको स्वाद चखाएको थियो । अन्य खेलमा भने सुदूरपश्चिमले शानदार जित निकालेको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ पुष ६, ०८: ०१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ पुष ६, ०८: ०१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ पुष ६, ०८: ०१

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...